सिन्धुपाल्चोकमा भूकम्पको धक्का, दश वर्षअघिको सम्झना

काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको आज १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ ।

आज शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

आज सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको हो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । उक्त महाभूकम्प ११ बजेर ५६ मिनेटमा गएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *