सुनको मूल्य एक हजार रुपैयाँले घट्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।