आमाः मेरी जननी
नौ महिनासम्म गर्भमा राखेर जन्मायौँ आमा
प्रसव पिडाले छट्पटाउँदा,सन्तान सुखमै रमायौ
दशधारा दुध पिलायौ,बिर्सेर दुनियाँ सन्तान काखैमा हुर्कायौ
बिरामी हुँदा रातभरि जाग्यौ,लड्दा सहाराको लौरो बन्यौ
भुलेर आफू दुख,कष्ट सहेर हुर्कायौ आमा
गल्ती गर्दा सत्मार्गमा हिडायौ,दरिलो खम्बा बनेर खट्न सिकायौ
मेरी जननी ! कुशासन,अन्याय र अत्याचारमा डट्न सिकायौ
आफ्नै मुटु र कलेजो गाठोपारि,सन्तानका हर कर्तव्य निभायौ
हिड्न नसक्दा ताते ग¥यौ,बोल्न नसक्दा शब्द भ¥यौ
आफ्नै खुसि धितो राखेर,हाम्रो ओठमा मुस्कान झा¥यौ
भोक अभाव अनि पिडाले छछल्किएको आशु,हाम्रो खातिर
निर्दोष तिम्रो मुहार मुस्कानले छोप्यौ,सङ्घर्षले हुर्कायौ,बढायौं,पढायौँ,लेखायौ
होनि संस्कार सिकायौ अनि सद्बुद्धि दियौ
सुखको बोट त तिमीले रोपेको थिएनौ आमा
हाम्रै लागि कान्ला कान्लाबाट खुसीको थुङ्गा टिपेर ल्यायौ
झर्न दिएनोै कहिले बिस्मातको आँशु,तिम्रै अपार ममताले गासेर राख्यौ
नभनि घाम पानी बर्षा र झरी,तिम्रै ममताको छहारीमा सजाएर राख्यौं
भोक लाग्दा पोल्टाको अन्नले पेट भर्दियौ
प्यास लाग्दा अन्जुलीको पानीले घाटी रुझायौ
सङ्घर्षशील जीवन यात्रामा ठेस लाग्दा,बहकिन नसकेको मन
तिम्रै हिम्मतले सम्झायौ,आकास भन्दापनि फराकिलो तिम्रो ममता
युद्ध भूमिको मैदानमा,रङबिरङ्गी फूल फुलायौ
चन्चल चन्चल सिरसिरे बतास सँगै,मौसमि फूलहरुमा सुवास छ¥यौ
इन्द्रेणीको रङ भन्दा गाढा तिम्रो माया,जुनको शितलता भन्दापनि शितल तिम्रो छायाँ
मैले फेर्ने प्रत्येक स्वासमा छौ तिमी आमा,प्रत्येक गाँसमा छौ तिमी आमा
मेरो रगतमा बगेकि छौ,मेरो धड्कनमा बजेकि छौ
मेरो आँखा खुल्दा देखिने प्रकाश हौ तिमी,मैले पुज्ने भगवानको स्वरुप हौ तिमी
तिम्रा चाउरिएको अनुहारमा,म पोटिलो खुसी भर्न सकूँ
तिम्रो स्पर्शले,तिम्रा भावमा,तिम्रै महिमा छर्न सकूँ
आफु खुसी हुन् तिमीलाई रित्याएर,तिमीले जति गर्यौ त्यति नै म गर्न नसकूँला
तर तिम्रा आँखा बाट खुसी झार्न सकूँ,तिम्रो हासोको कारण म बन्न सकूँ
तिम्रो मनमा शान्ति परिपूर्ण भर्न सकूँ
झिसमिसेमा उदाउने उषाका किरण जस्तै,धर्तिनै जग्मगाउने प्रकास छर्नु सकूँ
तिमी थोपा तिमी समुन्द्र,तिमी उचाइ तिमी गहिराई
तिमी खुशी तिमी मुस्कान,तिमी धर्ती तिमी गगन,तिमी हावा तिमी पवन
तिमी ऋतु तिमी वसन्त,तिमी दुर्गा तिमी सरस्वती
तिमी गीत तिमी बन्धना ,तिमी सुर तिमी सङ्गित
तिमी शब्द तिमी अर्थ,तिमी वर्ण तिमी व्यञ्जन
तिमी सृष्टि तिमी सृजना,तिमी आदि तिमी अन्त्य
तिम्रै बन्धना गाउँदै जिवनयात्रा पूर्ण गरु
तिम्रो त्याग र तपस्याको बलिदान,तिम्रै नाममा भो मेरो जिवन अनुदान
तिम्रो काखबाट ब्युँझेकी हूँ म,तिम्रै काखमा निदाउने छुँ म ।
(शिक्षिका–नारी शिक्षक,लालबन्दी,सर्लाही, १३ बैशाख वि.सं.२०८२)