सरकार परिवर्तनको हल्ला गर्नेले पुर्पुरोमा हात लगाउन थाले : प्रधानमन्त्री ओली

काठमाडौं । शनिबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेले पुर्पुरोमा हात लगाउन थालेको टिप्पणी गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्किएलगत्तै सरकार ढल्छ भनेकामा अहिले पुर्पुरोमा हात लगाएर बस्ने स्थिति बनेको टिप्पणी गरे । सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको उनले बताए । उनले हल्लाखोरको पछाडि लाग्न नहुनेमा जोड दिए । ‘मिसन ०८४’ मा लाग्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालको यही भूबनावटले देशलाई सधैँ स्वाधीन राखेको बताए । अहिलेको परिस्थितिको बारेमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन । हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्किएर आउनेबित्तिकै सरकार ढल्छ भनेर, एयरपोर्टबाटै पो ढल्छ कि आइपुग्नेबित्तिकै, ओर्लिनेबित्तिकै ढल्छ कि जस्तै पारेका थिए । ढल्यो, ढल्यो, ढल्यो, ढल्यो, ढलिहाल्यो, अब बांगिसकेको छ, शेरबहादुर देउवाजी आइपुगेपछि ढलिहाल्छ भनेर । अस्तिका दिन मैले साथीहरूलाई भनेँ– यो भ्रम फिँजाउने तत्त्वहरूले हल्ला गरिरहन्छन्, भ्रम फिँजाइरहन्छन् । यसको पछाडि नकुद्नुस् है साथीहरू ! काममा लाग्नुस्, मिसन ०८४ मा लाग्नुस्, चुनावमा लाग्नुस् । यो सरकार ढल्दैन भन्यो, ढल्छ भन्छ फेरि अर्कोले कहाँ पुगेर । ढल्दैन भनिसकेपछि सिद्धियो नि ! हामी भनिरहेका छौँ– ढल्दैन । फेरि के त्यस्ता हल्लाखोरहरूका कुराहरूका पछाडि किन कुदिरहने रु त्यसकारण मिसन ०८४ मा लाग्नुस्, चुनावमा लाग्नुस् । अहिलेदेखि चाहिने काममा लाग्नुस् । हल्लामा नलाग्नुस् । सरकार ढल्छ कि, रहन्छ कि यसमा नलाग्नुस् तपाईंहरू, त्यसको जिम्मा हामीलाई छोडिदिनुस्, आफ्नो काम गर्नुस्, चुनावका पछि लाग्नुस् भनेपछि प्रधानमन्त्रीले नै आस मारिसकेछन् भनेर त्यता व्याख्या गरे । प्रधानमन्त्रीले भनेका कुराले तरंग ल्यायो । नेपाली भाषा बुझ्दैनन् कि ! त्यसकारण यस्ता कुरामा मैले भनिरहन परेन । शेरबहादुरजीले आइपुग्नेबित्तिकै हिजै जवाफ दिनुभयो । खुइय गरेर पुर्पुरामा हात लगाएर फेरि बिचराहरू थचक्क बसे, हल्ला गर्नेहरू । त्यत्ति चाहिएको रहेछ ! शेरबहादुरजीले सरकार ढल्दैन भन्दिएपछि खुत्रुक्कै हुँदा रहेछन्, थुचुक्कै ! पुर्पुरोमा हात लगाएर । विदेशतिर कति हेर्न सक्दा भन्या १

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *