आज सुनचाँदीको मुल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेर तोलामा एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । गत शुक्रबार सुन तोलाको एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी भने प्रतितोला १० रुपैयाँले घटेर १९९० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको २ हजारमा कारोबार भएको थियो ।