प्रहरीसँगको झडपमा ६३ शिक्षक कर्मचारी घाइते, झडपमा रिर्पोटर पनि घाइते

काठमाडौँ । आइतबार दिउँसो नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् ।

शिक्षकहरू २६ औं दिनमा निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् । प्रहरीले निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । शिक्षकहरूले पनि ढुंगा प्रहार गरेका थिए ।

शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न खटिएकी प्राइम टिभीकी रिर्पोटर घाइते

नयाँ बानेश्वरमा भएको शिक्षक र प्रहरीबिचको झडपमा परि प्राइम टाइम्स टेलिभिजनकी संवाददाता सबिना कार्की घाइते भएकी छिन् ।

शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी उनको आँखामा प्रहरीले हानेको पानीको फोहरा लागेको छ । आँखामा चोट लागेपछि ढलेकी उनलाई नेपाल प्रहरीले उपचारका लागि बानेश्वरमै रहेको सिभिल अस्पताल पुर्याएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि ट्रमा पुर्याइकी उनलाई त्यहाँबाट समेत तिलगंगा रेफर गरिएको थियो ।

झडपका क्रममा प्रहरीले पानीको फोहरा र लाठी प्रहार गर्दा शिक्षकहरु घाइते भएका हुन् । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *