देशभक्त र राष्ट्रवादी समूहलाई एकजुट हुन आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूहलाई एकजुट हुन आह्वान गरेका छन् ।

उनले देशको समस्याबाट मुक्ति पाउनका लागि पूर्वाग्रह त्यागेर एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए । सोमबार काठमाडौँको शान्तिबाटिकामा राप्रपा, नेपालले आयोजना गरेको सभामा लिङ्देनले आफ्नो भनाइ राख्दै भने, ‘सबै देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह र पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अघि बढ्नुपर्ने छ। यस कार्यका लागि राप्रपा सधैँ तयार छ।’ लिङ्देनले राप्रपामा एकजुट हुनका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै थप भने, ‘हामी सबैसँग मिलेर काम गर्न तयार छौँ। यसमा कुनै द्विविधा छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ।’

कसरी लिङ्देन र कमल थापा नजिकिएका हुन् भन्ने सन्दर्भमा उनले भने,’राजसंस्था र राष्ट्रवादको पक्षमा गतिविधि गर्नका लागि हामी दुवै नजिकिएका हौँ । मैले थापालाई आमन्त्रण गरेकोमा धन्यवाद दिन चाहन्छु ।’ लिङ्देनले अहिले देश सबैभन्दा अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको बताए । उनले देहलाई भ्रष्टाचार र कुशासनले आक्रान्त बनाएको र  भावी सन्ततिको भविष्य समेत सङ्कटमा परेको बताए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *