भारतले फ्रान्ससँग २६ राफेल लडाकु विमान खरिद गर्ने

काठमाडौँ । भारतले फ्रान्ससँग २६ राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, यी विमानहरूको कुल लागत लगभग ६४ हजार करोड भारु रहेको बताइएको छ । भारतले यी विमानहरू फ्रान्सेली रक्षा कम्पनी डसॉल्ट एभिएसनबाट किन्ने र तिनीहरूलाई आफ्नो विमानवाहक आईएनएस विक्रान्तमा तैनाथ गर्ने भएको छ ।

गत मंगलबार जम्मु कश्मिरको पहलगाममा भएको आक्रमणपछि पाकिस्तानसँग तनावपूर्ण सम्बन्ध भएको बेला भारतले गरेको यस सम्झौतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *