चलचित्र ‘ऊनको स्वीटर’ को अर्काे पनि टिजर सार्वजनिक
काठमाडौं । अभिनेता विपीन कार्की स्टारर चलचित्र ‘ऊनको स्वीटर’ को अर्काे पनि टिजर सार्वजनिक भएको छ ।
आज (मंगलबार) निर्माण टिमले चलचित्रको दोस्रो टिजर सार्वजनिक गरिएको हो । विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ । उक्त टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ ।
‘ऊनको स्वीटर’ आर्टमान्डु प्रालिको निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । सुजन चापागाईंको सङ्गीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ ।