सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान गरेका छन्।
मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेका हुन्। भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री सहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँबाट एक साताका लागि भारत भ्रमणमा प्रस्थान गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। वैशाख २२ गतेसम्म उनी भारतमा रहनेछन्।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषि लगायतका विषयमा भ्रमण दौरान छलफल हुने बताए। भ्रमण टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण पनि गर्नेछ।