रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्च अदालतका अधिकृत आफै पक्राउ परेका छन् ।

बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पत्र पठाएको अदालत स्रोतले पुष्टि गरेको छ । साथै, चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमान सिंह विष्टलाई नियन्त्रणमा लिइएको छ। सर्वोच्चले बुधबार बिहान चौधरीलाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाएको थियो । उक्त पत्रको आधारमा प्रहरीले चौधरीलाई पार्टी एकता स्थलबाट पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो ।

सर्वोच्चको मुद्दा तथा रिट शाखाले पठाएको उक्त पत्रमा शाखा अधिकृत महिमान सिंह विष्टको हस्ताक्षर रहेको र यो पत्र नेपाल प्रहरी र डिल्लीबजार कारागारमा पुगेको कारागार स्रोतले पुष्टि गरेको छ । तर, सर्वोच्चका कुनै पनि न्यायाधीशले चौधरीलाई थुनामा पठाउने फैसला नगरेको अदालत स्रोतले जनाएको छ ।

मुद्दा तथा रिट शाखाले योगराज ढकालको मुद्दामा २०८० कात्तिकमा भएको फैसलाको नजिरलाई आधार बनाएर उक्त पत्र जारी गरेको थियो । यद्यपि, एउटा मुद्दाको नजिरमा टेकेर अर्को मुद्दामा कार्यान्वयनको पत्र पठाउने अधिकार उक्त शाखालाई नरहेको सर्वोच्च स्रोतको भनाइ छ।

WhatsApp Image 2025-04-30 at 16.32.42_a8d267b5
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *