‘गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत’
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन् ।
आज विहिबार १६३औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन(टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताएका हुन् । सम्पूर्ण राजावादी, हिन्दूवादी एक हुनुपर्ने अहिलेको माग भएको भन्दै उनले बर्खायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने बताए ।
थापाले समान विचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुने धारणा राखे । उनले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा रहेको दावी गरे ।