भारतमा पाकिस्तानका सेलिब्रेटीको इन्स्टाग्राम एकाउन्ट ब्लक
काठमाडौँ । भारतले पाकिस्तानका सेलिब्रेटीको इन्स्टाग्राम एकाउन्ट ब्लक गरेको छ ।
इन्स्टाग्राम एकाउन्ट ब्लक गरिएका पाकिस्तानी स्टारहरूमा हानिया आमिर, माहिरा खान, अलि जफर र सनम सइद रहेका छन् । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएका बेला भारतले लगातार सामाजिक सञ्जालमा नजर राखिरहेको छ । यी पाकिस्तानी स्टारका प्रोफाइलहरू खोल्दा भारतमा यो एकाउन्ट उपलब्ध नभएको र यो सामग्री प्रतिबन्धित गर्न कानुनी अनुरोधको पालना गरेको उल्लेख गरिएको छ । त्यस्तै पाकिस्तानी कलाकारहरू बिलाल अब्बास, इकरा अजिज, इमरान अब्बास, सजल अली, फवाद खान र वाहज अलीको प्रोफाइल पनि ब्लक गरिएको छ ।
यस अघि भारतले पाकिस्तानका चर्चित १६ भन्दा बढी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाएको थियो ।