भबिष्य साकोसको छिमेकि सहकारीसँग अन्तरकृया कार्यक्रम

भक्तपुर । भबिष्य बचत तथा ऋण सहकारी संस्थाले आफनो बार्षिकि कार्यक्रम २०८१।०८२ अनुसार छिमेकि सहकारी संस्थामा भाइ चार एवं आपसि सरसल्लाह अनुसार भए गरेका कामहरु प्रति के कस्तो किसिमले चलिरहेको छ, बिषयमा अन्तरकृया कार्यक्रम छिमेकि सहकारी पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्थासङ्ग अध्ययन अवलोकन गरी कार्यक्रम सम्पन्न भयो । कार्यक्रमा भबिष्य बचत तथा ऋण सहकारी संस्थाबाट अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठ उपाध्यक्ष सरश्वती घिमिरे सचिव बिश्र्वनाथ ढुङ्गेल कोषाध्यक्ष गङ्गाराम श्रेष्ठ सदस्य बलराम खडका सदस्य हिराकृष्ण माडी श्रेष्ठ, सदस्य तोकवहादुर श्रेष्ठ सदस्य अनिता भट्टराई लेखा संयोजक यशोदा देवी पराजुली सदस्य शान्तिराम ओेलि, सदस्य सुनिता केसी,उप समिति सदस्य लिलादेवी गा‌ैतम ब्यबस्थापक लक्ष्मीपुष्पा भट्टराई लम्साल र कर्मचारी उर्मिला भट्टराई सहभागिता थियो । त्यसैगरि पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट संगीता पराजुलि अध्यक्ष ,बिन्दु उपाध्याय उपाध्यक्ष ,शिला रेग्मी बानियाँ सचिब ,पञ्चकन्या श्रेष्ठ कोषाध्यक्ष ,बन्दना पोखरेल सदस्य ,चन्दना सेन गुप्ता ,प्रज्ञा नेपाल ,सरिता अधिकारी ,गिता काफ्ले ,रेखा कुमारी उपाध्याय ब्यबस्थापक ,तारा ढकाल लम्साल लेखापाल ,रन्जना अधिकारी सहलेखापाल सुस्मिता पोखरेल लेखा समिती सम्योजक,पुन्यकुमारी न्यौपाने पौडेल लेखा समिती सदस्य ,पृतमा निरौला सदस्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा भबिष्य बचत तथा ऋण सहकारी र पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्थाका दुबेै तर्फको परिचयपछि पाञ्चायण महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संगीता पराजुलिले आफ्नो सहकारीको बिषयमा संक्षिप्त जानकारी दिनु भएको थियो ।हाम्रो सहकारीलाई मायाँ गरेर भाईचारा बढाउन चाहेकोले भबिष्य बचत तथा ऋण सहकारी संस्थालाई धेरै धेरै धन्यवाद दिदै म लगायत सबै साथिहरुले यहाँहरुलाई आबश्यक जानकारी दिनेछौं र हामिले नजानेका कुराहरु यहाँहरुवाट जानकारी लिनेछौ भनी जानकारी दिनु भयो । त्यसैगरी भबिष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठले हामी नजिक दुरीमा रहेर पनि भाईचाराका कमिले गर्दा सहकारी प्रति एक्यबद्धता जनाउँन नसकिएको गुनासो गर्नुको साथै अबका दिनमा हामिले एक आपसमा समन्वय गरेर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा पाञ्चायण सहकारीका अध्यक्ष सङ्गिता पराजुलिले सबैलाई धन्यवाद दिनु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *