हुलास हायर पर्चेजको नाफामा १९०.५० प्रतिशत उछाल

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासमा १४ करोड ५९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ करोड २ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १९०.५० प्रतिशत बढेको देखिन्छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले १० करोड ४६ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको ब्याज आमदानी ४२.११ प्रतिशत बढेको हो । चालु आजको चैतसम्म कम्पनीले नेट फि एण्ड कमिसन आम्दानी ३२ करोड २५ लाख ८६ हजार रुपैयाँ, सञ्चालन नाफा २३ करोड २२ लाख ८३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४७ करोड १२ लाख ४२ हजार रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ र अन्य जगेडामा १९ करोड १ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा ४० करोड ७ लाख ७३ हजार रुपैयाँ छ । गत वर्षको चैतमा वितरणयोग्य नाफा २५ करोड २९ लाख ४६ हजार रुपैयाँ थियो । चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३.४५ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा यस्तो आम्दानी ८.३७ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.१९ रुपैयाँ छ । यसअवधिमा कम्पनीको रिटर्न अन इक्विटी (आरओई) १३.७० प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *