बालकुमारी साकोसलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०८१ प्रदान
भक्तपुर । मध्यपुर थिमि ४ मा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थालाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आ.व. २०८०।०८१ को मध्यपुर थिमि नगरपालिका क्षेत्रमा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०८१ प्रदान गरेको छ । संघको २१ औं स्थापना दिवसको अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रकाश ढकालले अध्यक्ष तुईलाल श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो । २०५७ साल असोज २ गते स्थापित यस संस्थालाई तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरले भक्तपुर जिल्लाको उत्कृष्ट सहकारी पुरस्कार, राष्ट्रिय सहकारी बैंक लि।ले उपत्यकाको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिसकेको छ ।

साथै संस्थालाई सदस्यको आर्थिक जीवनस्तरका विकासमा योगदान र सामाजिक उत्तरदायित्व अन्तरगत कार्य गरे बापत थुप्रै सामाजिक संघ संस्थाले सम्मानित तथा पुरस्कृत गरेको छ । स्थानीय २८ जना व्यक्तिहरुले ७ लाख शेयर पूँजी राखी संचालन गरेको समुदायिमा आधारित सदस्यमैत्री यस संस्थाको २०८२ वैशाख १९ गतेसम्म आईपुग्दा शेयर सदस्य २ अर्ब १७ करोड ९३ लाख १४ हजार ४ सय ८९ रुपैया कुल कारोबार रहेको छ भने शेयर सदस्य ५९१५ पुगिसेको छ । समय अनुसार व्याजदर समायोजन तथा सदस्यहरुलाई हाल सदस्य समृद्धि कर्जा ८ प्रतिशत ब्याजदर, बिभिन्न ऋण शिर्षकमा सुविधा ऋण ८.५ प्रतिशत ब्याजदर (शर्त लागु हुने), बालकुमारी सुनौलो कर्जा ९.५ प्रतिशत ब्याजमा ऋण लगानी गरिरहेको छ ।