दलित अभियन्ता खगेन्द्र सुनारविरुद्धको मुद्धा न्यायाधीशद्वय मल्ल र निरौलाको इजलासमा
काठमाडौं । खगेन्द्र सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ ।
सो मुद्धा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा परेको छ । रुकुमपश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलालाई लिएर विरोध अदालबाहिर बसेर घेर्ने, मान्छे उचाल्ने र अदालतमाथि विभिन्न किसिमका गतिविधि गरेको आरोपमा दैलेख घर भएका सुनारविरुद्ध अदालतको मानहानीको मुद्धा परेको हो । उनले मुद्दामा फैसला गर्ने उच्चका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको राजीनामा माग्दै ब्यानर प्रदर्शन गरेर आफू अदालत भन्दा माथि भएको धम्कीको शैलीमा अभिव्यक्ति दिएका थिए ।
लम्सालविरुद्ध अधिवक्ता मनिषा गौतमले वैशाख १९ गते सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् ।