पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक, नेपाल १८औं स्थानमा
काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक गरेको छ।
आईसीसीले सोमबार सार्वजनिक गरेको वार्षिक वरीयतामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत शीर्ष स्थानमा छ । भारतले यही वर्ष च्याम्पियन्स ट्रफी र गएको वर्ष टी–२० विश्वकप जितेको थियो । टेस्ट वरीयतामा भने भारत चौथो स्थानमा छ । एकदिवसीय वरीयताको दोस्रो स्थानमा न्युजिल्यान्ड र तेस्रो स्थानमा अस्ट्रेलिया छ । यस्तै टी–२० वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा इङ्गल्यान्ड छ । यसैगरी टेस्ट वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा इङ्गल्यान्ड र तेस्रो स्थानमा दक्षिण अफ्रिका छ ।
यस्तै नेपाल एकदिवसीय र टी–२० वरीयतामा १८औं स्थानमा यथावत् छ । पछिल्लो वरीयतामा सन् २०२४ मे महिनादेखि खेलिएका सबै खेलहरूको दर १०० प्रतिशत र अघिल्ला दुई वर्षका खेलहरूको दर ५० प्रतिशत रहेको छ ।