बाल मन्दिर प्रकरणमा राई स्कुलका प्रिन्सिपल पाण्डेविरुद्ध मुद्दा

काठमाडौं । नेपाल बाल मन्दिरको जग्गा भाडामा दिने प्रकरणमा अनियमितता भएको घटनामा राई स्कुलका प्रिन्सिपल कीर्ति पाण्डेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा उनीसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको छ । राई वृहस्पति विद्यासदनमा समेत सञ्चालक छन् । काठमाडौं–३०, ज्ञानेश्वरमा बस्ने उनी भारतको कर्नाटक राज्यको बेडलोरका स्थायी वासी हुन् ।

यो मुद्दामा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह पनि प्रतिवादी छिन् । उनी लामो समय बाल मन्दिरको नेतृत्वमा थिइन् । यो ठगीमा वृहस्पति विद्यासदनका सञ्चालकका रुपमा भारतीय नागरिकहरु सिद्धार्थ केडिया र अभिनव सिंघानिया पनि प्रतिवादी छन् । यो ठगी प्रकरणमा अनुसन्धान गरेर सम्झौता रद्द भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा नचलाउने निर्णय गर्दै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो । तर, महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्र मुद्दा चलाउने निर्णय गरेको थियो । लगत्तै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो । प्रकरणका सबै प्रतिवादी फरार छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *