ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
काठमाडौं । ललितपुरको एकान्त कुनामा नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्राण्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई वटा आकर्षक इभेन्ट हल रहेका छन् । विवाह, ब्रतबन्ध, म्यूजिकल कन्सर्ट, फेसन शो, प्रोडक्ट लञ्ज, विश्वविद्यालयहरूको ग्राजुएसन कार्यक्रम तथा एकसाथ धेरै जना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनारलाई लक्षित गरेर म्याजेष्टिक ग्राण्ड तयार गरिएको छ । यो भेन्यूमा कुनै पनि कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याएर सेटअप गर्नुपर्दैन । अन्तर्राष्ट्रिय स्तरका प्रविधिको साउण्ड सिस्टम, लाइट, विशाल स्क्रिन लगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री म्याजेष्टिक ग्रा्याण्डमा जडान गरिएका छन् । ‘म्याजेष्टिक ग्राण्डमा इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौँ,’ सञ्चालक सुरज कार्की भन्छन्, ‘म्याजेष्टिक ग्राण्डु लाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजावटमा विशेष ध्यान दिइएको छ ।’ डेस्टिनेसन वेडिङका लागि म्याजेष्टिक ग्राण्ड उत्कृष्ट भेन्यू रहेको सञ्चालक कार्की बताउँछन् । नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यू तयार गरिएकाले धेरैको रोजाई पर्ने विश्वास उनले व्यक्त गरे । १४ हजार र १० हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल २५ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले जानकारी दिए । म्याजेष्टिक ग्रा्याण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले गरेको हो । उत्कृष्ट इभेन्ट भेन्यू निर्माणका लागि कम्पनी खोज्ने क्रममा आरजी क्रियसन्स्सँग भेटघाट भएको र कम्पनीको कन्सेप्ट र डिजाइन अब्बल लागेर निर्माणको जिम्मा दिइएको सञ्चालक कार्कीले बताए । ‘म्याजेष्टिक ग्राण्ड’ को भव्यता र यसको सर्भिस पाँच तारे होटलको भन्दा पनि उत्कृष्ट रहेको सञ्चालक कार्की बताउँछन् । सुलभ मूल्यमा पाँच तारे होटलको भन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको सञ्चालक कार्की बताउँछन् । एकान्तकुना चोकबाट सातदोबाटो तिर लागेपछि केही मिटरको दुरीमा रिङ रोडको सर्भिस लेनमै जोडिएको यो भेन्यूमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ तीन सय वटा चार पाङ्ग्रे सवारी साधन र पाँच सय वटा मोटरसाइकल सहज ढंगले पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ ।