महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्कमार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यसअघि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरुले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रुपमा भुक्तनी गर्न सक्नेछन् । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *