मिश्रसहितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसहित चैत १५ गते काठमाडौंमा भएको आन्दोलनपछि पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका एक अधिकारीले दिएको जानकारीअनुसार मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मिश्रमाथि आपराधिक उपद्रवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चैत १५ गते गरेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले जमानीमा बस्न पाउँ भनी निवेदन दिएको हुँदा उनलाई चिकित्सकको निगरानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *