सत्तारूढ दुई दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दुई दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ छलफल गरेका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल थियो ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा सहभागी थिए ।