एन्फाको नियमित साधारण सभा सम्पन्न

काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यता सम्पन्न सभामा फुटबल खेलको विकासका लागि भएका गतिविधि र आगामी योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सदस्य सचिव टंक घिसिङले एन्फाले विगत वर्षमा गरेका गतिविधिहरुले मुलुकको नाम राख्न सफल भएको बताउँदै खेल खेलेर के हुन्छ र भन्ने निराशापनलाई हटाउन सफल भएको बताए । खेलाडीहरुलाई पुरस्कृत गर्ने र पुरस्कार राशीको कानूनी ब्यवस्था गरेर खेलाडीहरुको हौसला बढाएको बताउँदै उनले आगामी दिनमा खेल र खेलका बारेमा अझै शशक्त बनाउँदै लैजान समन्वय र सहकार्य गर्ने बताए । नेपाल नगरपालिका संघका पुर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलमा रहेको फुटबल मैदान निर्माणमा एन्फाले गरेको सहयोगका लागि धन्यवाद दिए । धुलिखेलले विद्यालय तह देखि नै खेलकुदको विकासका लागि आवश्यक ब्यवस्थापन, प्रशिक्षण र पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकता दिएको उनले बताए । हक्कि खेलको मैदान निर्माणका लागि सम्झौता भई कार्य प्रारम्भ भएको बताउँदै नगर प्रमुख ब्याञ्जुले एन्फा र राष्ट्रिय खेलकुद परिषद्को सहयोग र समन्वमा धेरै कार्य गर्न सकिने बताए । अध्यक्ष पंकज विक्रम नेम्वाङले एन्फाले गत वर्ष असिमित उपलब्धी हासिल गरेको बताउँदै आगामी वर्षको कार्यक्रमका बारेमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव किरण राईले स्वागत गरेका थिए । पुर्व अध्यक्ष गणेश थापा र उनका छोरालाई साधारण सभामा प्रवेश नदिएको भन्दै केहि बेर गेटमा लफडा गरे पनि साधारण सभा शानदार रुपले सफल भएको एन्फाले बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले वार्षिक क्यालेन्डर पारित गरेको छ। साधारणसभाले नयाँ बजेट पनि अनुमोदन गरेको छ। एन्फाको यो वर्षको बजेट १ अर्ब ५६ करोड रहेको छ।
यस्तो छ एन्फाको वार्षिक क्यालेन्डर
एन्फा प्रेसिडेन्ट लिग २०२५
२०८२ जेठ ५ – जेठ २४
प्रोभिन्स लिग च्याम्पियन्स, १० टोली
यू–१६ फुटबल स्कुल च्याम्पियनसिप, जिल्ला र प्रदेश यू–१६ र यू–१७ प्रतियोगिता
२०८२ बैशाख देखि असोजसम्म
४९ जिल्लामा सञ्चालन हुने
सहिद स्मारक ’सी’ डिभिजन छनोट राउन्ड २०२५
२०८२ जेठ १८ – श्रावण १६
राष्ट्रिय लिग २०२५
२०८२ श्रावण १९ – असोज १०
सहिद ’सी’ डिभिजन लिग २०२५
२०८२ पुस ६ – फाल्गुन १५
नेपाल सुपर लिग
अक्टोबर –नोभेम्बर २०२५
एन्फा यू–१४ र यू–१७ महिला लिग (वैशाख र भदौमा
एन्फा महिला लिग
असारदेखि छनोट, भदौदेखि मुख्य प्रतियोगिता
सहिद स्मारक ए डिभिजन लिग
पुस १ देखि जेठ ३१ सम्म
सहिद स्मारक बी डिभिजन लिग
फागुन २० देखि वैशाख ३१ सम्म
एन्फा जिल्ला लिग
वैशाखदेखि जेठसम्म
एन्फा यू–१६ र यू–१८ लिग
साउन देखि कात्तिकसम्म
महिला फ्रेञ्चाइज लिग
डिसेम्बरदेखि गर्ने प्रस्ताव
यू–२१ अन्तरविश्वविद्यालय कप
असोजदेखि कात्तिकसम्म
एन्फा कप नकआउट प्रतियोगिता
मंसिर १ देखि १३ सम्म
फुटसल लिग क्वालिफायर्स २०२५ (राउन्ड १)
२०८२ बैशाख – जेठ
फुटसल लिग क्वालिफायर्स २०२५ (राउन्ड २)
२०८२ जेठ
ए डिभिजन फुटसल लिग २०२५
जुलाई – अगस्ट २०२५
एन्फा इन्टर कलेज फुटसल च्याम्पियनशिप २०२५
कात्तिक १६ – मंसिर ११
एन्फा महिला फुटसल च्याम्पियनशिप २०२५
डिसेम्बर २०२५
अन्तर्राष्ट्रिय प्रतियोगिता
एएफसी एसियन कप क्वालिफायर्सका खेलसहित मैत्रीपूर्ण खेल
महिलातर्फ एसियन कप छनोटसहित थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल
नेपाल–चाइना फ्रेन्डली म्याच २०२६ ९चाइनीज न्यु इयर सेलिब्रेसन०
साफ यू–१९ मेन्स च्याम्पियनशिप २०२५, भारत, मे
साफ यू–२० महिला च्याम्पियनशिप २०२५, बंगलादेश, जुलाई
एसियन महिला क्लब लिग २०२५, अगस्ट २३–३१
एएफसी यू–२० महिला एसियन कप क्वालिफायर्स, अगस्ट १–१०
साफ यू–१७ महिला च्याम्पियनशिप २०२५, सेप्टेम्बर १४–२४
एएफसी महिला समूह चरण २०२५, अक्टोबर १७–२७
एएफसी यू–२३ एसियन कप, साउदी अरबिया, सेप्टेम्बर १–९

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *