राजसंस्थाको समर्थनमा शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली
काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ।
सुकेधाराबाट सुरु भएको र्याली बल्खुसम्म पुगेर समापन भएको समितिले जनाएको छ । यो कार्यक्रम राजसंस्थाको पक्षमा पुनः आन्दोलन सुरु गर्ने घोषणाअनुसारको पहिलो चरणको गतिविधि हो । हिजो पत्रकार सम्मेलनमार्फत समितिले राजसंस्थाको पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको थियो।
आजको र्यालीमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपाल अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डेसहितका नेताहरूको उपस्थिति थियो।