सन नेपाल लाइफको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षमा कम्पनीले ,तीन अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले दुई अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिसम्ममा कम्पनीले तीन अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले दुई अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३४ प्रतिशतले वृद्धि भएको छ ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ४९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २.२४ प्रतिशतले घटेर ६३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत यसले लगानी तथा कर्जाबाट ६५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसको जीवन बीमा कोषमा ७ अर्ब ६९ लाख रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख ६० हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा छ ।