क्रिस्चियन गीतमा अभिनयप्रति सुरवीर पण्डितले मागे माफि

काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले हालै एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयले सिर्जना गरेको विवादप्रति माफी माग्दै आगामी दिनमा आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुरवीर पण्डित र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीले अभिनय गरेको उक्त गीतलाई लिएर धार्मिक संवेदनशीलता भड्काएको आरोप लागेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको थियो। धेरैले धार्मिक विद्वेष फैलाएको आरोप लगाउँदै उनीहरूमाथि गालीगलौजसमेत गरेका थिए। मेरी बास्सै को सुटिङ स्थलबाट भिडियो सन्देशमार्फत पण्डितले यस विषयमा खुलेर माफी मागेका हुन्।

पण्डितले आगामी दिनमा आफू आफ्नो धर्मसंस्कार र संस्कृतिको जगेर्नामा समर्पित हुने र देशले गर्व गर्ने काममा लाग्ने दृढता प्रकट गरेका छन्। यस घटनापछि पण्डितको भनाइले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया प्राप्त भइरहेको छ।

‘बेला छँदै आऊ’ बोलको भक्तिगानमा सुरवीर र रामचन्द्र क्रिस्चियन धर्मप्रचारकको भूमिकामा अभिनय गरेका छन् । उनीहरूले बाइबलको किताब बोकेर गाउँ-गाउँमा क्रिस्चियन धर्मको प्रचार गरिरहेको देखाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *