भारतले सहयोगस्वरुप दियो १५ विद्युतीय सवारी साधन

काठमाडौँ । सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरुप भारत सरकारले १५ विद्युतीय सवारी साधनउपलब्ध गरेको छ ।

नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् ।त्यस अवसरमा मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रुपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन् । साथै मन्त्री राणाले यही मे १६‐१८ मा आयोजित सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरु तथा पाहुनाहरुको स्वागतको प्रतिक्षामा रहेको जानकारी दिइन् ।

कार्यक्रममा राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *