सिईओ खत्रीको संयोजकत्वमा बागमती प्रदेश को अपरेटिभ म्यानेजर्स क्लब गठन

काठमाण्डौं । बागमती प्रदेश सहकारी संघले बागमती प्रदेशका सहकारीका व्यवस्थापन प्रमुखहरुको क्लब गठन गरेको छ । गोष्ठीले कल्याणकारी साकोस ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीको संयोजकत्वमा क्लव गठन गरेको हो। गोष्ठीले ७ सदस्यीय बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लब गठन का साथै फोकल पर्सन समेत मनोनित गरेको थियो । बागमती प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लवको सदस्यमा हाम्रो जनकल्याण साकोस, दोलखाका दिपक बस्नेत, महिला मिलन साकोस मकवानपुरका फुलमायाँ मोक्तान, ज्योती मिर्मिरे सामुहिक साकोस, काभ्रेका गोपाल दहाल, धादिङ जिल्ला बचत संघका गोकर्ण दुवाडी, नेचुरल साकोस काठमाण्डौंका घनश्याम नेपाल, बंगलामुखी साकोस भक्तपुरका जगतकृष्ण श्रेष्ठ चयन गरेकोछ। प्रदेश संघ र बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा ‘बदलिँदो परिवेशमा व्यवस्थापकीय भूमिका’ विषयक एक दिवशीय अन्तर्क्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सहकारी मन्त्री मदु कुमार श्रेष्ठको प्रमुख आतिथि रहेका थिए । मन्त्री श्रेष्ठले प्रदेश सरकार सहकारीको समस्या समाधानमा केन्द्रीत भएर लागिरहेको र सबै पक्षको सहकार्यमा समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जगत लाल महर्जनले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन संघका महासचिव नेत्रराज पौडेलले गरेका थिए । बागमती प्रदेशका सहकारी रजिष्ट्रार कुमार तामाङले सहकारी क्षेत्रको भविष्य, निर्देशन र व्यवस्थापकीय रणनीतिक योजनाको विषयमा प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरुको प्रश्नको समाधान उत्तर दिएका थिए । त्यसैगरी सहकारीमा ‘प्रयोगको विषयमा सन्दिप रानाभाट, सहकारी प्रविधिको महत्वको विषयमा दिव्येश्वरी दली र सहकारीमा डिजिटाईजेशन सम्बन्धी विषयमा सुजनबाबू अधिकारी र टंकराज अधिकारीले प्रस्तुतीकरण गरेका थिए । बागमती प्रदेशको १३ वटै जिल्लाबाट १३० जना वभिन्न प्रकृतिका सहकारी व्यवस्थापन प्रमुखहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *