सोमबार सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि आइतबार सुन तोलाको एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा १० रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।