शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् ।
ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन् । उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् । सत्यमोहन जोशी ललितपुर महानगरपालिकाकामा जन्मिनु हाम्रो लागि सौभाग्य हो । ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि पर्दैन । सत्यमोहन जोशीको नाममा कुनै पनि काम कुरो गर्दा हामी सदा सर्वदा तयार छौं । यसमा घरपरिवारको पनि सहयोग चाहिन्छ । घरपरिवारको सहयोग बिना कुनै पनि काम गर्न हामी सक्दैनौं ।’
साथै उनले ललितपुर महानगरपालिकाले मुलुकमै पहिलो हुने गरि धेरै कार्यहरु गर्दै आइरहेको बताए ।