शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’

काठमाडौं । शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ का रूपमा सहकार्य गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसाथ उक्त प्रतियोगितामा शिवम् सिमेन्टले स्ट्रेन्थ पार्टनरका रूपमा सहकार्य गर्न लागेको हो । शिवम् सिमेन्टले राष्ट्रिय खेलको प्रवर्द्धन र दीर्घकालीन समर्थन नीति अनुरूप प्रतियोगितामा सहकार्य गर्न लागेको जनाएको छ । यस सम्बन्धमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघ महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ विभाग उपाध्यक्ष निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

भलिबल संघको आयोजनामा ९औं प्रधानमन्त्री कप ‘एनभीए महिला÷पुरुष भलिबल लिग २०८२’ आगामी जेठ ८ देखि १५ सम्म पोखरा रङ्गशालास्थित कभर्ड हलमा आयोजना हुनेछ । प्रतियोगितामा ६ महिला र ८ पुरुष टिम गरी कुल १४ टिम सहभागी हुनेछन् । शिवम् सिमेन्टले यसअघि पनि नेपाली भलिबल प्रवर्द्धनमा विभिन्न माध्यमबाट योगदान दिँदै आएको छ । कम्पनीले शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित महिला भलिबल कप, न्यु डाइमन्ड एकेडेमी टिम र एभरेस्ट भलिबल लिग अन्तर्गत कर्णाली यशविस टिमको प्रायोजन गर्दै भलिबल विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको छ । भलिबल, क्रिकेट, फुटबल, म्याराथन जस्ता लोकप्रिय खेलकुद कार्यक्रमहरूमा विगतका वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको र शिवम् सिमेन्टले आगामी दिनमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *