काठमाडौँस्थित मखन गल्लीको एक घरमा आगलागी हुँदा एक बृद्धाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ ।
मखन टोलस्थित दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो । आगलागी थाहा पाएर अरु भागेतापनि चौथो तलामा बस्दै आएकी ८० वर्षीया वृद्धा भने घरबाहिर निस्कन सकिनन् । आगो निभाउने क्रममा काभ्रे घर भएकी ८० वर्षीया विष्णु अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका अनुसार ती बृद्धा नाङ्लोमा सामान राखेर बेच्ने काम गर्दै आएको खुलेको छ । मृतक बृद्धको गत चैतमा मात्र श्रीमान गुमाएका थिए । उनीहरुको परिवारमा कति जना थिए भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको बताइएको छ ।