पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–३२, लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृतकको सनाखत भएको छैन । धादिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रो बुधबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित आठजना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । घाइते चारजनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा तीनजनाको मृत्यु भएको हो । बाँकी सात घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *