रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षिकरण सम्बन्धी मुद्दा आज पनि हेर्न नमिल्ने भएको छ ।

आज उक्त मुद्दा सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । तर आज पनि लगातार तेस्रो पटक हेर्न नमिल्ने भएको हो । यसअघि मंगलबार अदालतका न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा हेर्न नमिल्ने भएको थियो । त्यस्तै आइतबार न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको मुद्दा हेर्न नमिल्ने भएको थियो ।

लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन् ।सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा पुनरावेदन दर्ता भएपछि चैत २२ गते उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

उक्त आदेशपछि प्रहरी प्रशासनले सोही रात काठमाडौँबाट लामिछानेलाई नियन्त्रणमा लिई एक दिन काठमाडौँ प्रहरी परिसर र दुई दिन रुपन्देहीस्थित न्यायिक हिरासतमा राखी अदालतमा पेस गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *