रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स-शरीर उपस्थित गराउन आदेश दिएको हो ।

मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *