“हिमालहरूलाई जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयं मानवतालाई जोगाउनु हो”

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरूलाई जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयं मानवतालाई जोगाउनु हो भन्ने सत्यलाई आत्मसात गरी सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।

नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भरताको यथार्थभित्र इमानदार संवाद, आपसी ज्ञान आदानप्रदान र सामूहिक कदम चाल्नकै लागि सर्वोच्च शिखर सगरमाथाको नामबाट यो संवादको जन्म भएको स्पष्ट पारे।

“हामी आशा गर्छौं, यो संवाद त्यत्तिकै उच्च बनोस्, जति उच्च सगरमाथा छ। उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा यो उच्च बनोस्,” प्रधानमन्त्री ओलीले भने, “हाम्रा घरहरू पहिरोले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछन्, तर अझै पनि हामी डटिरहेका छौँ। हाम्रो उत्सर्जन न्यून छ, तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन्।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *