कतारका विशेष दूतसँग विपीनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री डा.राणा आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहल गरिदिन आग्रह गरेकी छन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री डा. राणाले उक्त आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री डा. राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीनको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

राणाले विपीनको रिहाइ र नेपाल फिर्तीका लागि निरन्तर पहल जारी राखेकोमा आभार व्यक्त गर्दै रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरिन् । मन्त्री डा. राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गर्दै आएकी छन् । सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीनको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *