महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा विषयमा विशेष संवाद सम्पन्न भएको छ । महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा आधारशिविर पुगेको शर्माको सचिवालयले जनाएको छ । संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको थियो । विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए । लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधारशिविर पुग्नुभएका महामन्त्री शर्मा यो साता आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन व्यस्त छन् । सोह्र बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढङ्गले कार्य गर्न समर्पित रहेको बताए । त्यस्तै पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बनउत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरुमाथि दबाब बढाउन साना राष्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए । कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशीष पौडेल, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको सङ्कट समाधान गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । सोह्र बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढङ्गले कार्य गर्न समर्पित रहेको बताए । त्यस्तै पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बनउत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरुमाथि दबाब बढाउन साना राष्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए । कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशीष पौडेल, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको सङ्कट समाधान गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *