आईडल यमुना बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई बचत फिर्ताको लागि मागदावी गर्न आव्ह्रान

काठमाण्डौं । समस्याग्रस्त घोषित आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै पीडित बचतकर्तालाई मागदावी पेश गर्न आव्ह्रान गरेको हो । सहकारी मन्त्रालयले चैत्र १९ गतेको निर्णयानुसार संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नयाँ बजार काठमाडौं पाँच संस्थाहरु (तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था)एकीकरण गरेर बनेको थियो । आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू, सदस्यहरू र साहुहरूलाई आफ्नो लेना रकमको अनलाईन मागदावी आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । सरकारले २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त् घोषणा गरी ती संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मा लिएको छ । २३ सहकारी मध्ये केही संस्थाको बचत र दायित्व फरफारक गरिसकेको कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *