एनआईएमबीका ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरूले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन् । दुई पक्षबिच भएको सम्झौताअनुसार रिसोर्टले एनआईएमबीका ग्राहकहरूलाई खाना र सफ्ट ड्रिंक्समा १५ प्रतिशत छुट दिने भएको हो । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट र क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।