सुनको मुल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० ले घटेर एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि शुक्रबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।