स्काइवेल एक्सचेन्ज अफर, स्काइवेल खरिदमा एक जोडीले युरोप भ्रमण गर्न पाउने

काठमाडौं । स्काइवेलका विद्युतीय सवारी (ईभी) को आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘स्काइवेल एक्स्चेन्ज अफर : अपग्रेड टु स्काइवेल–ड्राइभ लक्जरी ईभी एसयूभी’ सार्वजनिक गरेको छ । प्रिबजेट अफरको एक विशेष अफरका रूपमा कम्पनीले बजेटले मूल्यवृद्धि हुनु अगावै लक्जरी, प्रिमियम ईभी र रियल एसयूभीमा अपग्रेड हुने सुनौलो मौकाका रूपमा नक्साल–काठमाडौं, राधेराधे–भक्तपुर, इटहरी–सुनसरी, विराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ । साथै, उक्त अवसरमा हरेक स्काइवेल खरिदमा एक जोडीले युरोप भ्रमण गर्न पाउनुका साथै विशेष छुट र एक्स्चेन्ज अफरमा विशेष बोनस समेत प्राप्त गर्नेछन् । ऋण सुविधाका लागि २० प्रतिशत डाउन पेमेन्ट दिएर फाइनान्सको पनि सुविधा रहेको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए ।

हिजो शनिबारबाट सुरु भएको एक्स्चेन्ज अफर ५ जेठसम्म चल्नेछ । हाल नेपालमा १ सय ४० भन्दा बढी स्काइवेलका ईटी५ (६ सय २० किलोमिटर प्रिमियम विद्युतीय एसयूभी) बिक्री भइसकेका छन् । शनिबारदेखि सुरु भएको अफरमा ७ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ । ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६ सय २०, ५ सय २० र ४ सय १० किलोमिटर रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन् । नेपाली ग्राहकले युरोपेली बजारमा अत्यधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर पर्फर्मेन्स र उच्च १५० किलोवाट पावरले नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सकिन्छ । स्काइवेल जर्मनी, बेलायत, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत ६५ भन्दा बढी देशमा बिक्री हुँदै नेपालमा पनि युरोपेली गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *