प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यो नियमित बैठक भए पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफल हुने सम्भावना छ । गत बुधबार सरकारले अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सम्मिलित गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिले आजै गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्न सक्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयका साथै केही प्रशासनिक निर्णय पनि हुने बताइएको छ ।