फिल्म ‘महाभोज’ को ट्रेलरमा सहकारी ठगीको कथा

काठमाडौं । यही १५ जेठबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर हिजो आइतबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । करिब साढे चार मिनेट लामो ट्रेलरमा सहकारी ठगीको सेरोफेरोको कथा प्रस्तुत भएका छन् ।

नेपालमा एक दशक यताबाट सहकारी ठगीको घटनाहरू धेरै नै भएकाले यस पटक सोही विषयलाई चलचित्रको कथाको रूपमा ल्याएको निर्देशक दिनेश राउतले बताए । यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतको मुख्य भूमिका छ ।

विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको हो । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा छन् ।

भिडियो पनि

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *