क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा अधिकारी
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्। क्यान महासंघका ६ जना उपाध्यक्षमध्येबाट अधिकारी वरिष्ठ उपाध्यक्षका रूपमा चयन भएका हुन्। उनीसँगै ठाकुर कुमार श्रेष्ठ कोशी प्रदेश सचिव, नारायण श्रेष्ठ लुम्बिनी प्रदेश सचिव, केशव भट्टराई संस्थागत समूह सचिव र दिपेन्द्र पौडेल व्यक्तिगत समूह सचिवमा चयन भएका छन्।
अधिकारीलाई सन् २०२४ मा नेपालको सूचना प्रविधि क्षेत्रमा पुर्याएको विशेष योगदानको कदर गर्दै ‘आईसीटी एक्सिलेन्स अवार्ड’ दिइएको थियो। पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उक्त सम्मान चन्द्रलोक फाउन्डेसनको विशेष कार्यक्रममा प्रदान गरेका थिए। भरतपुर निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा, सूचना प्रवाह व्यवस्थापन, आईटी नीति, कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा दक्ष मानिन्छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा यस्ता विषयमा थुप्रै लेखहरू प्रकाशित गरिसकेका छन्।