वनमन्त्री शाही चीन प्रस्थान

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी चीनमा हुने बाँससम्बन्धी सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । 

चीन सरकारको विशेष निमन्त्रणामा बेइजिङमा आयोजना हुने इन्टरनेसनल नेटवर्क फर ब्याम्बो एण्ड र्याटन काउन्सिलको १३ औँ सत्रको अध्यक्षता गर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त सम्मेलनमा सहभागी भइ मन्त्री शाही यही जेठ १० गते स्वदेश फर्किने छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *