इन्डियन आइडल १२ का विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौँ । इन्डियन आइडल १२ का विजेता गायक पवनदीप राजनको स्वास्थ्यमा दिनप्रतिदिन सुधार हुँदै गएको छ ।

आज उनको टोलीले सामाजिक सञ्जालमा दुई विशेष तस्बिरहरू साझा गरेको छ, जसमा उनी स्वस्थ हुदै गएको देखिएको छ । पवनका फ्यानहरू यो पोस्टबाट खुसी छन् र निरन्तर आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

मे ५ को रात पवनदीप मुरादाबादबाट दिल्ली आउन अहमदाबाद विमानस्थल जाँदै गर्दा उनको कार दुर्घटना भएको थियो । त्यसपछि उनलाई गम्भीर चोट लागेपछि उनको अहिलेसम्म ९ वटा शल्यक्रिया गरिएको बताइएको छ । अहिले उनको अवस्थामा धेरै सुधार आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *