शिवम् सिमेन्टले आफ्नो नयाँ क्याम्पेनलाई फरक शैलीमा प्रस्तुत

काठमाडौँ । ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै सिमेन्ट ब्रान्ड शिवम् सिमेन्टले आफ्नो नयाँ क्याम्पेनलाई फरक शैलीमा प्रस्तुत गरिरहेको छ । सोही अनुसार हालै कम्पनीले एउटा टिजर सार्वजनिक गरेको छ । टिजर हेर्दा कुनै थ्रिलर वेब सिरिजको हो कि भन्नेजस्तो भान हुन्छ । जसमा शिवम् सिमेन्टको विज्ञापन हो वा यसले कुनै नयाँ सिनेमा नै ल्याउन लागेको हो भन्ने कुरा छुट्याउन गाह्रो पर्छ । स्मरण रहोस् आफ्ना उपभोक्ताहरूलाई सुसूचित गर्नका लागि शिवम् सिमेन्टले विगतदेखि नै थुप्रै नवीनतम् कन्सेप्टहरू ल्याउँदै आइरहेको छ ।

जसको उदाहरणको रूपमा विगतको नो कम्प्रोमाइज भन्ने विज्ञापन क्याम्पेनलाई पनि लिन सकिने कम्पनीको भनाइ छ । जसमा आफ्नो अधिकार, आफ्नो दायित्वजस्ता कुरामा कहिल्यै सम्झौता वा कम्प्रोमाइज गर्नु हुँदैन भन्ने सन्देश दिइएको थियो । शिवम् सिमेन्टका विज्ञापनहरूमा केवल प्रोडक्टको कुरा मात्र गर्ने भन्दा पनि सामाजिक मुद्दाहरुमा आवाज बुलन्द गर्ने शैली देखिन्छ । अब पनि कुनै विशेष विज्ञापनसहित शिवम‍्ले आफ्नो प्रोडक्टसँगै सृजनात्मकता र सामाजिक मुद्दामै ध्यान दिने बुझिएको छ । यसबारे थप विवरण छिट्टै सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *