चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।

आजबाट यो सिनेमा प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । दर्शकले ‘के घर के डेरा : घर नं २’ आम नेपालीको घरघरको कथा भएको बताइरहेका छन् । आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।

“जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने । ‘के घर के डेरा : घर नं २’को ट्रेलर अहिले ट्रेन्डिङमा छ । चलचित्रको कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *